Pages

Friday, March 28, 2014

डायोस्पोराहरुको अवसर तथा चुनौतीका विषयमा अमेरिकामा सम्मेलन हुने

चैत्र ५, काठमाडौं । राष्ट्र विकासमा डायोस्पोराहरुको अवसर तथा चुनौती विषय एक दिने सम्मेलन अमेरिकाको न्यू मेक्सिको राज्यको लस क्रुसेसमा हुने भएको छ । यस सम्मेलनलाई अमेरिकास्थित न्यु मेक्सिको स्टेटको नेपाली विघार्थी समाजले आगामी मार्च २२, शनिबारका दिन न्यू मेस्सिकोमा आयोजना गर्ने छ । कार्यक्रममा प्रमुख वक्ताकोरुपमा एरिजोना स्टेट युनिभर्सिटीका वरिष्ट वैज्ञानिक डा. अबिम्का प्रसाद अधिकारीले विभिन्न राष्ट्र निर्माणमा डायस्पोराहरुको भूमिका र विशेष गरि नेपालमा डायस्पोराहरुले गत दशकमा गरेको योगदानलाई समेटेर तयार पारेको आफ्नो कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपालमा ओपन युनिभर्सिटी स्थापनाका सम्बन्धमा सक्रिएरुपमा काम गर्दै आएका डा. अधिकारी गैर आवासीय नेपाली संघ (एनआरएन) का संरक्षक समेत हुन् । त्यस्तै, कार्यक्रममा युनिभर्सिटी अफ न्यु मेक्सिकोका प्राध्यापक डा. डोलेश्वर भण्डारीले पनि आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् । 

कार्यक्रमकैै अवसरमा न्यु मेक्सिको, एरिजोना, टेक्सास राज्यका नेपाली तथा विदेशी अनुसन्धानकर्ताहरुले पनि आ–आफ्नो अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । न्यु मेक्सिको स्टेट युनिभर्सिटीका डीन डा. लुइ रेयसले कार्यक्रममा स्वागत सम्बोधन गर्नेछन् । यस कन्फरेन्सले देश निर्माणमा डायस्पोराले खेल्ने बृहत्तर भूमिकाको खोजिनिती गर्दै मुलुक विकासमा हातेमालो गर्न एक फरक मार्ग पत्ता लगाउनुमा केन्द्रित हुने कार्यक्रमका संयोजक दीपक बस्यालले अभियान दैनिकलाई बताए । गत सन् २००९ देखि वर्षेनी हुँदै आएको यो कन्फरेन्स यस वर्षपनि हुन लागेको हो । न्यु मेक्सिको स्टेटस्थित नेपाली विघार्थी समाज अमेरिकामा निकै सक्रिय तथा परिचित एक संगठन हो । यस संगठनले नेपालबाट अमेरिका गई बसोबास गर्ने नेपालीहरुको साझा हीतमा काम गर्दै आएको छ । 
अर्जुन भुसाल
साभार: अभियान दैनिक 

No comments:

Post a Comment