Pages

Wednesday, February 25, 2015

NeSA Seventh Conference on Dainik Nepal














लसक्रुसस, अमेरिका अमेरिकाको युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरुले एक दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरेका छन्
न्यु-मेक्सिको स्टेट युनिभर्सिटी लस क्रुससमा अध्ययनरत नेपाली विद्यार्थी एसोसिअसन (नेसा)ले आगामी मार्च २१ तारिकका दिन एक दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको हो
डायोस्पोरा मातृभूमिबीच रणनैतिक साझेदारीविषयक सम्मेलनमा अमेरिकाको बहुप्रतिष्ठित युनिभर्सिटी जोह्न्स होप्किन्स स्कुल अफ मेडिसिनमा अध्यापन एवम् अनुसन्धान गराइरहनु भएका प्राध्यापक ज्ञानु लामिछाने रहनुहुने भएको
न्यु मेक्सिको स्टेट युनिभर्सिटी तथा आसपासका अन्य युनिभर्सिटीका अनुसन्धानकर्ताहरु सहभागी हुने उक्त कार्यक्रमलार्इ विगतका वर्षहरुदेखि नै महत्वका साथ हेरिदै आइएको
नेसा सभापति राजन कोइरालाका अनुसार यो वर्ष युनिभर्सिटी अफ न्यु मेक्सिको अल्बुकर्की, युनिभर्सिटी अफ टेक्सास एट एल पासो, वेस्टर्न न्यु मेक्सिको स्टेट युनिभर्सिटी सिल्वर सिटी अन्य युनिभर्सटीहरुबाट पनि सहभागीहरु उपस्थित हुनेछन्
सम्मेलन आयोजक समितिका संयोजक ऋषि सापकोटाले बताए अनुसार अतिथिको रुपमा सहभागी हुनको लागि डा. डोलेश्वर भण्डारी (युनिभर्सिटी अफ न्यु मेक्सिको अल्बुकर्की), डा. रमेश गिरी (युनिभर्सिटी अफ न्यु मेक्सिको अल्बुकर्की), डा. बसन्त गिरी (नास्ट नेपाल), डा. केशब पौडेल अमेरिका सभापतिका उमेद्वार, न्यु मेक्सिको स्टेट युनिभर्सिटीका डा. विल्लिअम क़ुइन्तना विभागीय प्रमुख रसायनशास्त्र, स्टेवेन अर्चम्बौल्त एग्रीकल्चर डिपार्टमेन्ट, डा. कोर्नेल्ल मेन्किङ प्रोभोस्ट इन्टरन्यासनल बोर्डर प्रोग्राम अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहनेछ
उक्त कार्यक्रममा सम्पुर्ण अतिथिहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुनेछ बदलिँदो समय नेपालको संक्रमणकालिन राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर छानिएको सम्मेलनको विषयले ल्याउने छलफलका बुँदा निष्कर्षहरुलाई सम्बन्धित निकायसम्म पुर्याउनका लागि विभिन्न मिडियाहरुसंग समन्वय गरिने आयोजक समितका सदस्य तथा वेव एवं कम्युनिकेसन समिति संयोजक विजय कुमार पाण्डेले बताउनुभयो
साथै सम्मेलनमा वाणिज्य विस्तारमा प्रवासीहरुको भूमिकाको विषयमा छलफल हुने भएकाले प्रवासीहरुले अहिलेसम्म खेल्दै आएको भूमिका, यस क्षेत्रका सम्भावित अवसर तथा चुनौतीहरुबारे बुझ्ने तथा मूल्याकंन गर्ने अवसर प्रदान गर्ने डाक्टर राम अचार्यले बताउनुभयो
साथै सम्मेलनले विदेशी लगानी अभिवृद्धि, समग्र आर्थिक वृद्धि तथा ज्ञान हस्तान्तरणमा हुनसक्ने प्रवासीहरुको भूमिकाका बारेमा पनि टेवा पुर्याउने डा. आचार्यले बताउनु भयो।
रेमिटान्सलाइ मात्रै महत्व दिदै आएको नेपालको सामाजिक-आर्थिक प्रणालीलाई अन्यपक्षहरुको भूमिकाको बारेमा जानकारी दिन सक्ने त्यो बहसलाई उठान गर्ने लक्ष्य सम्मेलनको रहेको कुरा संस्थाका संरक्षक डा. अनुप अमात्यले जानकारी दिनुभयो सभापति कोइरालाका अनुसार यो सम्मेलन नेसाको सातौँ सम्मेलन हो


http://dainiknepal.com/2015/02/41470.html

No comments:

Post a Comment