Pages

Sunday, February 22, 2015

Seventh conference (NeSA)-DC Nepal News

ऋषि सापकोटा, लस क्रुसस -  न्यु-मेक्सिको स्टेट युनिभर्सिटी लस क्रुससमा नेपाली विधार्थी एसोसिअसन (नेसा) ले आगामी मार्च २१ तारिकका दिन एक दिने अन्तरास्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।

"डायोस्पोरा र मातृभूमिबीच रणनैतिक साझेदारी" विषयक सम्मेलनमा अमेरिकाको बहुप्रतिष्ठित युनिभर्सिटी
जोह्न्स होप्किन्स स्कुल अफ मेडिसिनमा अध्यापन एवम् अनुसन्धान गराइरहनु भएका प्राध्यापक ज्ञानु
लामिछाने Key note speaker रहनु हुने भएको छ।  न्यु मेक्सिको स्टेट युनिभर्सिटी तथा आसपासका अन्य युनिभर्सिटीका अनुसन्धानकर्ताहरु सहभागी हुने उक्त कार्यक्रमलाइ विगतका वर्षहरुदेखि नै महत्वका साथ् हेरिदै आइएको छ।

नेसा सभापति राजन कोइरालाका अनुसार यो वर्ष युनिभर्सिटी अफ न्यु मेक्सिको अल्बुकर्की , युनिभर्सिटी
अफ टेक्सास एट एल पासो , वेस्टर्न न्यु मेक्सिको स्टेट युनिभर्सिटी सिल्वर सिटी र अन्य युनिभर्सटीहरुबाट पनि सहभागीहरु उपस्थित हुनेछन। सम्मेलन आयोजक समितिका  संयोजक ऋषि सापकोटाले बताए अनुसार अतिथिको रुपमा सहभागी हुनको लागि डा. डोलेश्वर भण्डारी (युनिभर्सिटी अफ न्यु मेक्सिको, अल्बुकर्की), डा. रमेश गिरि (युनिभर्सिटी अफ न्यु मेक्सिको, अल्बुकर्की), डा. बसन्त गिरी (नास्ट, नेपाल), डा. केशब पौडेल (NRN, अमेरिका, सभापतिका उमेद्वार), डा. विल्लिअम क़ुइन्तना (विभागीय प्रमुख, रसायनशास्त्र, न्यु मेक्सिको स्टेट युनिभर्सिटी) स्टेवेन अर्चम्बौल्त (एग्रीकल्चर डिपार्टमेन्ट, न्यु मेक्सिको स्टेट युनिभर्सिटी), डा.कोर्नेल्ल मेन्किङ (प्रोभोस्ट, इन्टरन्यासनल बोर्डर प्रोग्राम, न्यु मेक्सिको स्टेटयुनिभर्सिटी) र अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहनेछ। उक्त कार्यक्रममा सम्पुर्ण अतिथिहरुले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुनेछ।

बदलिँदो समय र नेपालको संक्रमणकालिन राजनैतिक परिस्थितिलाई ध्यानमा राखेर छानिएको सम्मेलनको विषयले ल्याउने छलफलका बुंदा र निस्कर्षहरुलाई सम्बन्धित निकायसम्म पुर्याउनका लागि विभिन्न मिडियाहरुसंग समन्वय गरिने कुरा बताउछन् आयोजक समितका सदस्य तथा वेव एवं कम्युनिकेसन समिति संयोजक विजय कुमार पाण्डे।
साथै सम्मेलनमा वाणिज्य विस्तारमा प्रवासीहरुको भूमिकाको विषयमा छलफल हुने भएकाले प्रवासीहरुले अहिलेसम्म खेल्दै आएको भूमिका, यस क्षेत्रका सम्भावित अवसर तथा चुनौतीहरुबारे बुझ्ने तथा मूल्याकंन गर्ने अवसर प्रदान गर्ने डाक्टर राम अचार्यले बताउनुभयो। साथै सम्मेलनले विदेशी लगानी अभिवृद्धि, समग्र आर्थिक वृद्धि तथा ज्ञान हस्तान्तरणमा हुनसक्ने प्रवासीहरुको भूमिकाका बारेमा पनि टेवा पुर्याउने डा. आचार्यले बताउनु भयो।

No comments:

Post a Comment